२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप माघको दोस्रो साता

पाेखरा | मंसिर २३, २०८०

२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप माघको दोस्रो साता तस्बिर फाइल

पोखरा:    २३औ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल आगामी माघ महिनाको दोस्रो सातादेखि हुने भएको छ ।


सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुडस प्रा.लि.को प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता आगामी माघको दोस्रो सातादेखि हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत जानकारी गराईएको हो ।


खेलकुदको विकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ भन्ने उद्देश्यद्धारा संञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागिय टिमहरु, सुपर लिगका टीम, विदेशी टिम, मोफसलको टिम सहित आयोजक सहारा क्लबको टिम समेतको सहभागिता रहने सोहि विज्ञप्तिमा उल्लेख छ ।


पोखरा महानगरपालिकाको प्रवर्द्धन, राष्ट्रिय खेलकुन परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, अखिल नेपाल फूटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ,सहारा यु.के.,सहारा हङकङ, सहारा अष्ट्रेलिया समेतको बिषेश सहयोग, लुम्बिनी विकास बैक अफिसियल बैङ्क, बुद्ध एयर अफिसियल एयरलाईन्सको भुमिकामा रहँदै आईरहेको छ ।


प्रतियोगिताबाट बचत हुने रकम क्लब द्धारा संञ्चालित कठिन परिस्थिति एवम् विपन्नबर्गका बालकहरु सम्मेलित सूर्य बहादुर केसी स्मृति सहारा आवासिय फुटबल एकेडेमीमा रहेका बालकहरुको निशुल्क शिक्षादिक्षा, स्वास्थ्य फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिदै आएको छ ।


पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा विकास गर्ने,आन्तरीक तथा बाह्य पर्यटन प्रबर्धनमा टेवा पुर्याउनुको साथै पोखरालाई अन्तराष्ट्रियरुपमा परिचित यस प्रतियोगिताले ठुलो भुमिका खेल्ने आयोजकको विश्वास रहेको छ । साथै नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तरनिहित फुटबल खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने समेत आशा गरिएको छ ।


गत २२ औ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौ र उपविजेता भुटनिज युथ स्पोर्टस क्लब, अमेरीका रहेको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्